कांग्रेसका नेता कठायतले चन्दननाथमा दर्ता गरे स्वतन्त्र उम्मेदवारी 

नेपाली काँग्रेसका चर्चित नेता राजुसिंह कठायतले जुम्लाको चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

पार्टीले मेयरकाे टिकट नदिएपछि उनले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

उनले पार्टीको लागि दिलाे ज्या दिएर लाग्दा पनि पाँचाैं नम्बरका उम्मेदवारलाई टिकट दिएकाेले विराेधमा उत्रिनु परेकाे बताए।

'हाम्राे याेगदानकाे कुनै कदर भएन। अन्तिममा पाँचौँ नम्बरमा रहेका उम्मेदवारलाई मेयर पदको टिकट दिइयाे,' उनले भने, 'हरेकपल्टकाे निर्वाचनमा मलाई धाेका दिइएकाे छ। ०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयर पदको टिकट मलाई दिने भनेपनि अन्तिममा कान्तिका सेजुवाललाई दिइयो।'

उनले यस पटक पनि उस्तै भएपनि बाध्यताले स्वतन्त्र उम्मेदवार बन्नुपरेकाे थपे।

'जुम्लाका नेतले निकै चलखेल गरेर अन्याय गरेपछि स्वतन्त्र दिनु परेको हो,' उनले भने, 'गएको प्रदेशको निर्वाचनमा पनि कम्यूनिष्टसँग कसैको पनि लड्न दम नभएपछि मैले लड्नु पर्यो।'

नेपाली कांग्रेस पार्टीले चन्दननाथ नगरपालिकामा अधिवक्ता पदम शाहीलाई मेयरको उम्मेदवार बनाएको छ। उपमेयरमा रामदेवी खड्कालाई उम्मेदवार बनाएको हो।

प्रकाशित मिति: : 2022-04-25 18:36:00

प्रतिकृया दिनुहोस्