झिमरूकमा काँग्रेस र जनमाेर्चाबीच गठबन्धन, अध्यक्षमा टीका जिसी र उपाध्यक्षमा प्रमाेद पाेखरेलकाे उम्मेदवारी दर्ता

प्युठानकाे झिमरूक गाउँपालिकामा राष्ट्रिय जनमाेर्चा र नेपाली काँग्रेसकाे तर्फबाट अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता भएकाे छ। अध्यक्षमा जनमाेर्चाबाट टीका जिसी र उपाध्यक्षमा काँग्रेसबाट प्रमाेद पाेखरेलले उम्मेदवारी दर्ता गराएका हुन्।

नेता–कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका छन्।

सत्ता गठबन्धबाट यहाँ माओवादी केन्द्र बाहिरिएसँगै यी दुई पार्टीबीच गठबन्धन भएकाे हाे। वडा अध्यक्ष जनमोर्चाबाट ४ वटा र नेपाली कांग्रेस ३ वटा रहेको छन्।

प्रकाशित मिति: : 2022-04-25 16:20:00

प्रतिकृया दिनुहोस्