एमाले इलाम नगरपालिकाको प्रमुखमा चेम्जोङ र उपप्रमुखमा रिजाल 

Breaknlinks
Breaknlinks

नेकपा एमालेले इलाम नगरपालिकाको प्रमुखमा धिरेन चेम्जोङलाई उम्मेद्वार बनाउने भएको छ। यसअघि प्रमुखमा नरेन्द्रनाथ भट्टराईको नाम सार्वजनिक भएपछि असन्तुष्ट समुहले पार्टी कार्यालयमा तालाबन्दी गरेको थियो।

एमालेको प्रदेश कमिटीले नगरपालिका प्रमुखमा चेम्जोङको नाम टुंगाे लगाएपछि पार्टी कार्यालयमा लगाइएको ताला खोलिएको र मनोनयनमा लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जाने तयारी भइरहेको छ।

एमालेले नगरको उपप्रमुखमा सिता रिजालको नाम टुंगाएकाे  छ। नेपाली कांग्रेसबाट प्रमुखमा केदार थापा र उपप्रमुखमा विष्णु दाहाल उम्मेद्वार छन्। 

प्रकाशित मिति: : 2022-04-25 11:30:00

प्रतिकृया दिनुहोस्