एकीकृत समाजवादीबाट पोखरामा धनराज र हेटाैंडामा मीना मेयरका उम्मेदवार

सत्ता गठबन्धनबाट पोखरा महानगरपालिका मेयरमा धनराज आचार्य उम्मेदवार बन्ने भएका छन्। 

पोखरामा मेयर उम्मेदवारको भागवण्डा पाएको एकीकृत समाजवादी केन्द्रीय सचिवालयको आज बिहानको बैठकले आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो। 

समाजवादीले हेटौडा उपमहानगर मेयरमा मीना लामा उम्मेदवार बनाउने भएकाे छ। महासचिव बेदुराम भुसालका अनुसार काठमाडौं महानगर र तीन वटा उपमहानगरपलिकामा पनि उपमेयर उम्मेदवारको टुंगो लागेको छ।

एकीकृत समाजवादीले काठमाडौं महानगर रामेश्वर श्रेष्ठलाई उपमेयरकाे टिकट दिएको छ।

इटहरी उपमेयरमा केशवकुमार विष्ट, बुटवल उपमेयरमा चिनबहादुर गुरुङ र तुल्सीपुर उपमेयरमा जोगबहादुर रानामगरले उम्मेदवारीको टिकट पाएका छन्। आज मनाेनयन दर्ताकाे अन्तिम दिन हाे।

प्रकाशित मिति: : 2022-04-25 11:02:00

प्रतिकृया दिनुहोस्