मस्को–रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी बन्दरगाह सहर मारिओपोललाई मुक्त गरिएको बताएका छन्। उनले युक्रेनी सहरको स्टिल कारखानामा आक्रमण गर्नुको सट्टा घेराबन्दी गर्न रुसी सेनालाई आदेश दिएका छन्।
‘युक्रेनी सेनाले नियन्त्रण कायम गर्न संघर्ष गरिरहेको मारिओपोलबाट विस्थापितहरू बोकेका चारवटा बस सहर छोडेका छन्’, युक्रेन सरकारले बिहीबार भनेको छ।
चारवटा खाली बसहरू मानवीय करिडोरमार्फत सहर छोड्न सफल भएको युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले सामाजिक सञ्जालमा भनेकी छिन्।