सत्ता गठबन्धनमा मिल्यो महानगर र उपमहानगरको भागबण्डा (सूचीसहित)

File Photo
File Photo

सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको छ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको सत्तारुढ दलको बैठकमा ६ महानगर, ११ उपहानगरसहित सबै पालिकामा गठबन्धन गर्ने सहमति छ। 

सहमतिअनुसार कांग्रेसको भागमा धरान, इटहरी, कलैया, तुल्सीपुर, बुटवल, नेपालगन्ज, धनगढी उपमहानगरपालिका परेको छ।

माओवादी केन्द्रको भागमा जितपुर सिमरा र घोराही तथा एकीकृत समाजवादीको भागमा हेटौंडा तथा जसपाको भागमा जनकपुर उपमहानगरपालिका परेको छ।

प्रकाशित मिति: : 2022-04-20 16:58:00

प्रतिकृया दिनुहोस्