होटल मनाङको स्विमिङ पुल नजिक रक्ताम्य अवस्थामा भेटियो आयरल्याण्डका नागरिकको शव

File Photo
File Photo

काठमाडौंको ठमेलस्थित होटल मनाङको स्विमिङ पुल नजिक एकजना विदेशी नागरिकको पुरुष शव फेला परेको छ।

शव आयरल्याण्डका नागरिक भएको प्रहरीले जनाएकाे छ। उनको शवको नजिक गमलाहरु फुटेको अवस्थामा छ भने घटनास्थलमा रगतका छिटाहरु भेटिएकाे छ। शव बुधबार विहान ७ बजेतिर भेटिएकाे हाे।

‘हाेटलकाे स्विमिङ पुल नजिक आयरल्याण्डका नागरिकाे शव भेटिएकाे हाे,’ एसएसपी वषन्तबहादुर कुँवरले भने,‘ती व्यक्ति मंगलबार राति २ बजेतिर मदिरा पिएर आएकाे हाेटलले बताएकाे छ, हामी अनुसन्धन गर्दैछाैँ।’

प्रकाशित मिति: : 2022-04-20 10:54:00

प्रतिकृया दिनुहोस्