गठबन्धनमा सहमति : भरतपुर महानगर माओवादी र पोखरा एकीकृत समाजवादीलाई

file photo
file photo

सत्तारुढ गठबन्धनमा महानगरपालिकाको भागबण्डा गर्ने विषयमा सहमति जुटेको छ।

मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा ६ महानगरपालिकामध्ये तीन नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक/एक महानगरको नेतृत्व लिने सहमति भएकाे हाे।

जसअनुसार भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्र र पोखरा महानगरपालिका एकीकृत समाजवादीले पाउने भएका छन्।

यसैगरी कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेको छ।

प्रकाशित मिति: : 2022-04-19 16:20:00

प्रतिकृया दिनुहोस्