कहाँ मिलेन बाँकेमा सत्ता गठबन्धन ?

बाँके जिल्लामा सत्ता गठबन्धनका बैठकहरु विनै टुंगिएका छन् । चुनावी तालमेलबारे सहमति खोज्न बसेको सत्तारुढ दलहरुको बैठकहरु सहमति विनै टुंगिएका छन् । नेपाली काँग्रेस, माओबादी केन्द्र, नेकपा एकीकृत समाजबादी, जनमोर्चा बीचमा जिल्लास्तरमा सहमती हुन नसकेपछि तल्लो कमिटिलाई अधिकार दिइएको हो ।

सरकारमा समाले जनता समाजबादी पार्टी (जसपा) शुरुवाती बैठकबाटै गठबन्धन नगर्ने गरि अघि बढेको छ । यता भने, नेपाली काँग्रेस र माओवादी केन्द्रले पनि आ-आफ्नै दावी गरिरहेका छन् ।

नेपाली काँग्रेसले नेपालगञ्ज, कोहलपुर, राप्तीसोनारीको नेतत्व दाबी गरेको छ । माओवादी केन्द्रले पनि नेपालगञ्ज, कोहलपुर, राप्तीसोनारीको मेयर दाबी गरेको छ । आज बसकेको बैंठक पनि सहमति विना सकिएपछि काँग्रेस र माओवादीको आ-आफ्नै दावीका कारणले गठबन्धन हुने वा नहुने देखिएको छ ।

प्रकाशित मिति: : 2022-04-18 09:46:00

प्रतिकृया दिनुहोस्