ओलीले रक्सी खुवाएर मविरुद्ध चितवनमा नाराबाजी गर्न लगाए: भीम रावल

Break n Links
Break n Links

एमालेबाट निष्काशनमा परेका भीम रावलले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले चितवनमा भएकाे महाधिवेशनकाे बेला केटाहरूलाई रक्सी खुवाएर आफूविरुद्ध नाराबाजी गर्न लगाएकाे आराेप लगाएका छन्।

बुधबार काठमाडाैँकाे बबरमहलस्थित कार्की व्याङक्वेटमा पत्रकार सम्मेलन गर्दै रावलले एमाले महाधिवेशनकाे बेला चितवनकाे साैराहामा केटाहरूलाई रक्सी खुवाएर आफू बसेकाे हाेटेल बाहिर नाराबाजी गर्न लगाएकाे आराेप लगाएका हुन्।

एमाले महाधिवेशनकाे समयकाे स्मरण गर्दै उनले भने, ‘उद्घाटन सत्रकाे अघिल्लाे दिनकाे साँझ साैराहा पुगेकाे थिएँ। बस्ने ठाउँकाे अत्ताेपत्ताे थिएन। आफ्ना पक्षधरहरूलाई राेजेकाे र खाेजेकाे व्यवस्था गरिएकाे थियाे। म आफ्नै व्यवस्थामा बसेकाे हाेटेल बाहिर रक्सी खुवाएर केटाहरूलाई नाराबाजी गर्न लगाइयाे। मेराे आग्रहमा सशस्त्र प्रहरीकाे टाेलीले नारा लगाउनेलाई त्यहाँबाट धपायाे। मेराेविरुद्ध त्यसरी नाराबाजी गर्न लगाउनु कथित एकता महाधिवेशन गर्ने आशय थियाे र?’

साथै महाधिवेशन उद्घाटन सत्रमा केपी ओलीकाे गुणगान गाउन वृत्तचित्रसहित प्रसारण गर्न लगाएर सत्ताकाे दुरूपयाेग र धाँधली गरेकाे दाबी गरे।

‘महाधिवेशन नेतृत्व चयनका लागि आयाेजना गरिएकाे थियाे, त्यहाँ जाे काेहीले जुनसुकै पदमा उम्मेदवारी दिन पाउने अधिकार थियाे। मैले त पहिले नै घाेषणापत्रसहित अध्यक्षकाे पदमा उम्मेदवारी दिइसकेकाे थिएँ। तर उद्घाटन सत्रमा तपाईं (केपी ओली) काे गुणगान गाउन वृत्तचित्रसहित प्रसारण गर्न लगाइयाे। यस्ताे पक्षपातपूर्ण पद्दति नेकपा एमालेकाे कुन विधानअन्तर्गत पर्दछ। यथार्थमा त्यसाे गर्नु सत्ताकाे दुरूपयाेग, धाँधली थिएन र?’, उनले प्रश्न गरे।

महाधिवेशनकाे मुखमा पार्टीकाे रकम खर्च गरेर हेलिकप्टरबाट प्रचारमा गएकाे भन्दै याे आफैँमा एमालेकाे परम्पराविपरीतकाे अनैतिक काम भएकाे समेत उनले बताए।

प्रकाशित मिति: : 2025-01-01 14:13:00

प्रतिकृया दिनुहोस्