काठमाडाैँबाट लुक्लाकाे लागि उडेकाे विमानकाे इञ्जिन फेल भएपछि आकस्मिक अवतरण

File Photo
File Photo

काठमाडाैँकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्लाका लागि उडेको समिट एयरको विमानको इञ्जिन फेल भएपछि पुनः काठमाडाैँमा फोर्स ल्याण्ड गरेको छ।

१९ जना यात्रुसहित बिहान ११ बजे लुक्लाका लागि छुटेको बिमान उडेको ४० मिनेटमा देब्रे इञ्जिन फेल भएपछि फोर्स ल्याण्ड भएको विमानस्थलका प्रहरी प्रमुख एसएसपी भीम ढकालले बताए।

उनका अनुसार विमान सुरक्षित साथ त्रिभुवन विमानस्थलमा अवतरण गरिएकाे छ। 

 

प्रकाशित मिति: : 2022-04-17 12:38:00

प्रतिकृया दिनुहोस्