यो वर्षमा सबैभन्दा धेरै पटक रक्तदान गर्ने तबरेज अहमद ‘स्व. तारा शमशेर रक्तसञ्चार सेवा स्मृति पुरस्कर’बाट सम्मानित भएका छन्।
यो वर्षमा ४ पटक रक्तदान गरेका समाजसेवी तथा राजनीतिकर्मी अहमदलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति पर्साले उक्त पुरस्कारबाट सम्मान गरेको हो।
सोसाइटीको दोस्रो साधारण सभाका अवसरमा अहमदलाई ५ हजार राशीसहित दोसल्ला, मायाको चिनो र कदर पत्रद्वारा सम्मान गरिएको सोसाइटी पर्साका सभापति बिरेन्द्रराज कँडेलले जानकारी दिए।
अहमदलाई जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहद अन्सारीले कदर पत्र प्रदान गरेका थिए। अहमदले अहिलेसम्म ४५ पटक रक्तदान गरिसकेका छन्। सम्मान ग्रहण गर्दै अहमदले मानवीय कार्य गर्दाको मूल्यांकनले थप जिम्मेवारी बोध गराएको बताए।
रगतको अभावलाई मध्यनजर गर्दै अरुलाई पनि रक्तदान गर्न सम्मानले प्रोत्साहन गर्ने अहमदको विश्वास छ। सो अवसरमा मानवीय सेवामा सक्रिय रहेको भन्दै नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेशका सभापति फुलमहमद मियाँ लगायतलाई पनि विभिन्न विदामा सम्मान गरिएको थियो।