प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्न नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले बालुवाटार पुगेका छन्।
भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन्।
स्थानीय तहकाे निर्वाचन अघि नै जेल तथा हिरासतमा रहेका नेता-कार्यकर्ता छुटाउन महासचिव विप्लव लागिपरेका छन्।