बाल्टिमोरको नेपाली सांस्कृतिक केन्द्रका लागि तीनलाखको विधायिक बण्ड पारित

बिएल संवाददाता

बाल्टिमोर, अमेरिका

अमेरिकामा नेपालीहरूको बाक्लो बसोबास भएको बाल्टिमोरको नेपाली सांस्कृतिक केन्द्रका लागि  तीनलाखको विधायिकी बण्ड पारित भएको छ।अमेरिकी पूर्वी समयअनुसार बुधबार विहान ११:२९ बजे संसदको माथिल्लो सदन सिनेटमा भएको थर्ड (फाइनल) रिडिङ पछिको मतदानमा विधायिकी बण्ड १२९-४ को भारी मतान्तरले पारित भएको हो। यसअघि संसदको तल्लो सदन हाउस अफ एसेम्बेलीमा विधेयक सर्वसम्मतिले पारित भएको थियो। अब यो विधेयक कानुन बनेको छ।

नेपाली मूलका सांसद डा. ह्यारी भण्डारीले बण्डका लागि प्रस्ताव गरेका थिए। प्रस्ताव पारित भएपछि उनले फेसबुकमार्फत् एक प्रेस विज्ञप्ती जारी गर्दै विधायिकी बण्ड पारित भएको  समाचार सार्वजनिक गरेका हुन्।

विधायिकी बण्ड पारित भएकोमा खुशी हुँदै उनले लेखेका छन्, 'म मूलत: तीन कारणले खुशी छु, पहिलो आफ्नो आस्था र विश्वाससमेत नेपाली अमेरिकन सांस्कृतिक केन्द्रका नाममा तीन लाख डलर रकम आएको छ र यसले निर्माणाधीन चरणमा रहेको केन्द्रको निर्माणका लागि महत्वपूर्ण योगदान पुर्याउने छ। दोस्रो, यो सहयोगको प्राप्तिसँगै अन्तत: हाम्रो नेपाली समुदाय अमेरिकाको मूलप्रवाहमा आर्थिक कोणबाट पनि समावेश हुन थालेको दृष्टान्त मिलेको छ। तेस्रो र सबैभन्दा महत्वपूर्ण पक्ष अमेरिकाको कुनै राज्यको क्यापिटल बुकमा नेपाली भन्ने पहिचान अभिलेख भएको छ र त्यसको सांस्कृतिक केन्द्रका लागि राज्यले यो रकम दिएर त्यसलाई मान्यता प्रदान गरेको छ।'

उनका अनुसार यो  बजेट यही आर्थिक वर्ष निकासा हुन्छ र बढीमा सात वर्षभित्र खर्च गरिसक्नुपर्ने हुनछ। यसमा कुनै म्याचिङ फण्डको आवश्यकता नरहेकाले यो बजेट तुरून्तै निकासा हुआछ। नेपालमा रातो किताब भनिएभझै अमेरिकामा बजेट प्रकाशित हुने क्यापिटल बुकमा प्रष्टसँग देखिने गरी बजेट बिनियोजन भैसकेको छ। 

राज्यबाट प्राप्त यो सहयोगबाट नेपालीहरूको आध्यात्मिक मन-मस्तिष्क जोडिएको नेपाली सांस्कृतिक केन्द्रको भौतिक संरचना निर्माणमा योगदान पुग्ने विश्वास रहेको बताउँदै डेलिगेट डा. भण्डारी फेसबुकमा अगाडि लेख्छन्, ' संसदमा  नेपाली समुदायको एक्लो सांसद भए पनि बितेको चार वर्षमा नेपाली आफ्नो  समुदायको गतिलो प्रतिनिधित्व गरेर भिजिबल बनाएको छु र एनापोलिसले हामीलाई सुन्न र देख्न पनि थालेको छ। हामीले हाम्रा समस्यालाई अमेरिकी साझा समस्या बनाउनुपर्छ र स्रोत तथा साधनको लागि सरकारी ढोका ढक्ढकाउनु पर्छ।यो अमेरिकी मूलधारमा जोड्ने तरिका पनि हो, हाम्रो अधिकार पनि हो। कतिपय अवस्थामा भावनाले मात्र काम गर्दैन, त्यसैका लागि राज्य चाहिने हो।'

अमेरिकामा पहिलो परिवार, दोस्रो समुदाय भनिने प्रसंग उल्लेख गर्दै उनी अगाडि लेख्छन्,  'मलाई यो कुराको राम्रैसँग हेक्का छ। त्यसैले सुरूदेखि नै नेपाली समुदायको हितका लागि आफूलाई समर्पित गर्दैआएको छु। र, यो यथार्थ अमेरिकाभरिकै नेपाली समुदायलाई बताउँदै पनि आएको छु।'

बितेको चार वर्षमा  नेपाली समुदायको एक्लो प्रतिनिधि भए पनि यो समुदायको गतिलो प्रतिनिधित्व गरेर भिजिबल बनाएको छु र एनापोलिसले हामीलाई सुन्न र देख्न पनि थालेको छ। हामीले हाम्रा समस्यालाई अमेरिकी साझा समस्या बनाउनुपर्छ र स्रोत तथा साधनको लागि सरकारी ढोका ढक्ढकाउनु पर्छ।यो अमेरिकी मूलधारमा जोड्ने तरिका पनि हो, हाम्रो अधिकार पनि हो। कतिपय अवस्थामा भावनाले मात्र काम गर्दैन, त्यसैका लागि राज्य चाहिने हो।
- डेलिगेट ह्यारी भण्डारी, पीएचडी

बाल्टिमोरमा सुविधासम्पन्न नेपाली सांस्कृतिक केन्द्र निर्माण होस् भन्ने आफ्नो प्रिय चाहना रहेको जनाउँदै उनले त्यसका लागि आफ्नो ठाउँबाट यथाशक्य प्रयत्न गरिरहने प्रतिज्ञा पनि गरेका छन्।  

यसअघि बाल्टिमोरका नेपालीहरुको छाता संस्था मानिने बाल्टिमोर एशोसियसन्स अफ नेप्लिज इन अमेरिका (बाना) को सामुदायिक भवनका लागि एक लाख २५ हजार विधायिकी बण्ड पारित गराएका डेलिगेट डा. भण्डारीले बाल्टीमोर काएण्टीबाट त्यति नै म्याचिङ फण्ड व्यवस्थापन गरेर दुई लाख ५० हजार सहयोग उपलव्ध गराएका थिए। 

अमेरिकामा नेपाली समुदायबाट पहिलो डेलिगेट भएका डा. भण्डारीले आफ्नो पहिलो कार्यकालमा अमेरिकाको कुनै एक राज्यको संसदमा नेपाली शव्द सगौरव अभिलेखमा लेखाएर नेपाली समुदायका दुई योजनाका लागि ५ लाख ५० हजार बजेट राज्यकोषबाट बिनियोजन गराउन सकेका छन्, यो आफैंमा एक ऐेतिहासिक उपलव्धी हो। यसले नेपाली समुदायलाई अमरिकी मुलप्रवाहमा जोड्न र नेपालीलाई भिजिबल बनाउन ठूलो योगदान गर्नेछ । यसका लागि डेलिगेट डा. भण्डारी धन्यवादका पात्र छन्। 

प्रेस विज्ञप्तीक पूर्णपाठ :
 

प्रेस विज्ञप्ती

६ अप्रिल, २०२२

अमेरिकाको मेरिल्याण्ड राज्य संसदले बाल्टिमोरमा संस्थापित नेपाली अमेरिकन सांस्कृतिक केन्द्रका लागि तीन लाख डलरको विधायिकी बण्ड पारित गरेको छ। अमेरिकी पूर्वी समयअनुसार बुधबार विहान ११:२९ बजे संसदको माथिल्लो सदन सिनेटमा १२९-४ को भारी बहुमतले विधेयक पारित भएको हो। यसअघि नै संसदको तल्लो सदन हाउस अफ एसेम्बलीमा सर्वसम्मतिले पारित भएको यो बजेट विधेयक स्वत: कानुन बनेको छ।

यो बजेट यसै आर्थिक वर्षमा उपलब्ध हुन्छ र सात वर्षभित्र खर्च गरिसक्नुपर्ने हुन्छ। यसका लागि कुनै म्याचिङ फण्ड पनि आवश्यक नभएकाले यो तुरून्तै उपलव्ध हुन्छ। यसबाट नेपालीहरूको आध्यात्मिक मन-मस्तिष्क जोडिएको नेपाली सांस्कृतिक केन्द्रको भौतिक संरचना निर्माणमा ठूलो योगदान पुग्ने मेरो विश्वास रहेको छ।

विधायिकी बण्ड विधायकहरूको अनुरोधमा विशेषगरी उनीहरूको निर्वाचन क्षेत्रमा विभिन्न आवधिक योजनाका लागि सहयोग स्वरूप प्रदान गरिन्छ। तर, सबै विधायकहरूको अनुरोध स्वीकार हुदैन, त्यसका लागि संसदमा ठूलो लबिङ चाहिन्छ। यसपटक पनि थोरै विधायकका बण्ड मात्र पारित भएका छन्। थोरै सांसदका प्रस्ताव पारित भएको अवस्था र नेपाली अमेरिकन सांस्कृतिक केन्द्रको संरचना मेरो निर्वाचन क्षेत्रमा नहुँहा नहुँदै पनि मेरिल्याण्ड संसदबाट बिधायिकी बण्ड पारित हुनुलाई मैले व्यक्तिगत उपलव्धीका रूपमा भन्दा पनि नेपाली सुमदायको सामुहिक उपलव्धीका रूपमा लिएको छु।

नेपाली अमेरिकन सांस्कृतिक केन्द्रका ट्रस्टीहरूसँगको परामर्शमा मैले यो बण्ड आफ्नै पहलमा द्विदलीय समर्थनमा अगाडि बढाएको थिएँ र आज त्यो प्रस्तावमार्फत् मेरो आफ्नै नेपाली समुदायमा तीन लाख डलर राज्यकोषबाट सहयोग प्राप्त भएको खबर सुनाउन पाउँदा छाति गर्वले फुलेको छ। म यो खुशी र यसको श्रेय यहाँहरू सबैसँग सरोबर बाँड्न चाहन्छु। यो प्रस्तावलाई अगाडि बढाउन सहयोग गर्नुहुने नेपाली अमेरिकन सांस्कृतिक केन्द्रका आदरणीय ट्रष्टीहरूप्रति आभार प्रकट गर्दछु र आगामी दिनमा पनि यस्तै सहकार्यका लागि हार्दिक अपेक्षा राखेको छु।

म मूलत: तीन कारणले खुशी छु, पहिलो आफ्नो आस्था र विश्वाससमेत नेपाली अमेरिकन सांस्कृतिक केन्द्रका नाममा तीन लाख डलर रकम आएको छ र यसले निर्माणाधीन चरणमा रहेको केन्द्रको निर्माणका लागि महत्वपूर्ण योगदान पुर्याउने छ। दोस्रो, यो सहयोगको प्राप्तिसँगै अन्तत: हाम्रो नेपाली समुदाय अमेरिकाको मूलप्रवाहमा आर्थिक कोणबाट पनि समावेश हुन थालेको दृष्टान्त मिलेको छ। तेस्रो र सबैभन्दा महत्वपूर्ण पक्ष अमेरिकाको कुनै राज्यको क्यापिटल बुकमा नेपाली भन्ने पहिचान अभिलेख भएको छ र त्यसको सांस्कृतिक केन्द्रका लागि राज्यले यो रकम दिएर त्यसलाई मान्यता प्रदान गरेको छ।

बितेको चार वर्षमा मेरिल्याण्ड संसदमा नेपाली समुदायको एक्लो प्रतिनिधि भए पनि यो समुदायको गतिलो प्रतिनिधित्व गरेर भिजिबल बनाएको छु र एनापोलिसले हामीलाई सुन्न र देख्न पनि थालेको छ। हामीले हाम्रा समस्यालाई अमेरिकी साझा समस्या बनाउनुपर्छ र स्रोत तथा साधनको लागि सरकारी ढोका ढक्ढकाउनु पर्छ।यो अमेरिकी मूलधारमा जोड्ने तरिका पनि हो, हाम्रो अधिकार पनि हो। कतिपय अवस्थामा भावनाले मात्र काम गर्दैन, त्यसैका लागि राज्य चाहिने हो।

बाल्टिमोरमा सुविधासम्पन्न नेपाली सांस्कृतिक केन्द्र निर्माण होस् भन्ने मेरो प्रिय चाहना हो। त्यसका लागि म आफ्नो ठाउँबाट यथाशक्य प्रयत्न गरिरहने प्रतिज्ञा गर्दछु। र, समस्त नेपाली आमा-बुबा, दाजु-भाइ तथा दिदी-बहिनीमा साथ, सहयोग र सद्भावका लागि हार्दिक आव्हान पनि गर्दछु।

यसअघि बाल्टिमोर नेपाली एशोसियसन अफ नेप्लिज इन अमेरिका (बाना)का लागि एक लाख २५ हजारको विधायिकी बण्ड र काउण्टीबाट त्यतिकै म्याचिङ फण्ड गरी दुई लाख ५० हजार बजेट ब्यबस्थापन गर्न पनि सफलता मिलेको थियो। यी दुई योजनाका लागि गरेर संसदको पहिलो कार्यकालमै मैले पली सुमदायका लागि ५ लाख ५० हजार डलर सहयोग राज्यकोषबाट विनियोजन गराउन सफलता हात पारेको छु। यो

यो प्रस्थान विन्दूले इतिहासमा अहम् महत्व राख्छ भन्ने मैले विश्वास लिएको छु।

अमेरिकामा पहिलो परिवार, दोस्रो समुदाय भनिन्छ। मलाई यो कुराको राम्रैसँग हेक्का छ। त्यसैले सुरूदेखि नै नेपाली समुदायको हितका लागि आफूलाई समर्पित गर्दैआएको छु। र, यो यथार्थ अमेरिकाभरिकै नेपाली समुदायलाई बताउँदै पनि आएको छु। समय क्रममा नेपाली समुदायले यसलाई बुझ्न पनि थालेको छ। अमेरिकाको नेपाली समुदायका लागि आजको भन्दा भोलिका निम्ति यो एक सुखद् संकेत हो।

सद्भावपूर्ण सहकार्यको अपेक्षासहित,

डेलिगेट ह्यारी भण्डारी, पीएचडी

मेरिल्याण्ड डिस्ट्रिक्ट- ८

प्रकाशित मिति: : 2022-04-06 22:09:00

प्रतिकृया दिनुहोस्