शिक्षा र रोजगारको अन्तरसम्बन्ध : एक चर्चा

नरेन्द्र न्यौपाने

मानव जीवनमा शिक्षाको ठूलो भूमिका रहेको हुन्छ । शिक्षाबाट प्राप्त सीपहरूलाई आधार बनाएर मान्छेले आफ्ना जीवनका विविध आवश्यकता सहित रोजगार र स्वरोजगार बन्ने गर्दछ ।

राज्य कति सक्षम वा सबल छ भन्ने कुरा यसले के–कस्तो शैक्षिक नीति र व्यवस्थाहरू अबलम्बन गरेको छ भन्ने कुरामा निर्भर गर्दछ । राज्यमा सीपमूलक र व्यावसायिक शिक्षाको अनिवार्य आवश्यकता हुने गर्दछ । व्यवसायी शिक्षाले रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

शिक्षाले रोजगारी दिन सकेन भन्ने प्रश्नहरू बेला बेलामा उठ्ने गर्दछन । विदेशिन खोज्ने युवा शक्तिलाई देशभित्रै रोजगारीका सम्भावनाहरू बढाउन पनि शिक्षा क्षेत्रले भूमिका खेल्दछ । व्यवाहारीक बैज्ञानिक र रोजगारमूलक शिक्षाको विकासले मात्रै देश सम्बृद्ध र सदृढ बन्छ  । रोजगारमूलक शिक्षा राष्ट्रको आर्थिक विकासका लागि कोशेढुगा हो ।

शिक्षाले देशको आर्थिक विकासको लागि योगदान योग्दान गरेको हुन्छ । शिक्षाको माध्यमबाट विकास तथा रोजगारीको सृजना गरी जनतालाई शुख र शान्ति सबृद्धि प्रदान गर्न सकिन्छ । शिक्षाको मुख्य ध्येय नै मानविय जिवनको लागि अनिवार्य तत्वको रुपमा लिन सकिन्छ ।

प्रकाशित मिति: : 2022-04-04 18:56:00

प्रतिकृया दिनुहोस्