श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका-४ बस्ने ३७ बर्षीय चन्द्र राई रहेका छन्।
राईले चैत १६ गते राति साँढे ७ बजेको समयमा ३७ बर्षीया श्रीमती मनिला राईलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ।
पक्राउ परेका राईले सामान्य वादविवादको क्रममा रिसको आवेगमा श्रीमतीलाई खुकुरी प्रहार गरेको र मनिलाको घटनास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ।