एमाले उपाध्यक्ष नेम्वाङ भन्छन् : गठबन्धन स्वभाविक हाे

File Photo
File Photo

नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावी गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्ने बताएका छन्।

रिपोटर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा बिहीबार नेम्वाङले अहिलेको व्यवस्थामा कुनै पनि दलले बहुमत ल्याउन निकै अप्ठाराे भएकाले गठबन्धन स्वभाविक रहेको बताए।

तर, गठबन्धन गर्दा लाेकतन्त्रकाे मूल्य र मान्यताका आधारमा भएन भने पछि दु:ख पाइने उनले बताए।

‘गठबन्धनका कुराहरु आउछन्। हाम्रो स्पष्ट दृष्टिकोण छ, लाेकतन्त्रकाे मूल्य र मान्यताका आधारमा हुनुपर्छ। त्यो भएको छ/छैन, त्यतातिर म टिप्पणी  गर्दिन,' उनले भने,'पछि सम्बन्धित मित्रहरुले दुख पाउनुहुन्छ।'

उनले प्रतिस्पर्धाका बाबजुत सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताए।

प्रकाशित मिति: : 2022-03-31 10:14:00

प्रतिकृया दिनुहोस्