सडक निमार्णले पूर्णता नपाएकाे भन्दै उपमेयरकाे नेतृत्वमा सडक अवरूद्ध

File Photo
File Photo

गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाको सीमा क्षेत्रमा रहेकाे जोरपाटी-साखु सडक खण्ड, गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालको नेतृत्वमा स्थानीयले आज बिहान ७ बजे देखि अवरुद्ध गरेका छन्।

उनीहरुले नारायणटार बागमती पुलदेखि दक्षिणढोका पुल सम्मको सडक खण्ड बन्द गरेका हुन्।

६ वर्ष अघिदेखि निर्माणाधीन जोरपाटी-साखु सडकखण्ड अझै निर्माण सम्पन्न भैसकेको छैन। धेरै ठाउँमा सडक मर्मत गर्दै छाडिएको छ। यसबाट स्थानीयवासी र सडक प्रयोगकर्ताले हैरानी भोग्दै आएका छन्।

यो सडक खण्ड काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ र २ मा पर्दछ। जहाँबाट क्रमश: नेकपा एमालेका कृष्ण राई र नेकपा (एकीकृति समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जितेका छन्। प्रदेश क्षेत्रमा पनि नेकपा एमालेका रामेश्वर फुयालले नेतृत्व गरेका छन्।

स्थानीय राजेन्द्र सिपाहीका अनुसार सडकको दुरावस्थाबारे संघीय सांसदलाई पटक-पटक जानकारी गराउँदा पनि बेवास्ता गरेकाले स्थानीय जनप्रतिनिधिलाई अघि सारिएकाे हाे।

प्रकाशित मिति: : 2022-03-31 10:02:00

प्रतिकृया दिनुहोस्