भक्तपुरमा सबैैभन्दा बढी मतदाता भक्तपुर नगरपालिका क्षेत्रमा छन्। नगरपालिकामा क्षेत्रमा २९ हजार ६ सय १४ जना मतदाता छन्।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले मंगलबार सार्वजनिक गरेअनुसार जिल्लाको कुल मतदाता संख्या भने ९७ हजार तीन सय १४ सय छ।
जिल्ला निर्वाचन कार्यालयका प्रवक्ता भीमबहादुर जिसीका अनुसार सवैभन्दा कम मतदाता मध्यपुर थिमि नगरपालिकामा छन्। यहाँं २१ हजार तीन सय आठ सय मतदाता छन्।
सूर्यविनायक नगरपालिकामा २४ हजार तीन सय ८५ र चाँंगुनारायण नगरपालिकामा २२ हजार सातजना मतदाता छन्। जिल्लामा चारवटा नगरपालिका छन्।