बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राझाँ चोकमा मंगलबार टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानिय ७० वर्षीय विरबली भण्डारी रहेका छन्। घाइते भण्डारीलाई उपचारको लागि नेपालगञ्ज स्थित भेरी अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे १ क ६५७ नम्बरको टिपरले भण्डारीलाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो।
ठक्कर दिने टिपरसहित चालक जिल्ला प्रहरी कार्यालय बाँकेको नियन्त्रणमा रहेका छन्।