बर्दियाको बासगढी नगरपालिका–१ देउरालीमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा ट्रकमा सवार पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन्।घाइते भएका ट्रकमा सवार नाम नखुलेका अन्दाजी २५ वर्षीय युवकलाई उपचारका लागी कोहलपुर स्थित मेडिकल कलेज अस्पताल पठाइएको छ।
लु २ ख ८७३ नम्बरको ट्रक आज बिहान पौने १० बजे अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खसेको थियो।
मृतक र घाइते मध्ये चालक को हुन् भन्ने बारे खुल्न बाँकी रहेको ईलाका प्रहरी कार्यालय मोतीपुर बर्दियाले जनाएको छ।