शिक्षा विकास माध्यमिक विद्यालयमा भएको हिंसात्मक घटनाका कारण विद्यालयमा अध्ययनरत छात्रा सोनि लिम्बुको स्वास्थ्य अवस्था बुझ्न लेटाङ नगरपालिकाका प्रमुख शंकर राई विराटनगरको विराट मेडिकल कलेज अस्पतालमा पुगेका छन।
घाईते छात्रा लिम्बुलाई भेटेर स्वास्थ्य स्थितिका बारेमा जानकारी लिएका हुन्।
लिम्बू हाल पुराना कुरा याद गर्न नसकिरहेको अस्पतालले जनाएको छ। उनी हाल राम्रो सङ बोल्न समेत सक्दिनन। कक्षा १० मा अध्य्यन गर्ने लिम्बूको स्वस्थ्य अवस्थाका बारेमा डाक्टरसँग परामर्श गरेको समेत प्रमुख राईले जानकारी दिए।