शिक्षालयमा अध्ययनरत छात्राहरूमा बढ्दै गएको यौन हिंसाको बारेमा प्रशासनको ध्यानाकर्षण गराइएको छ।
पछिल्लो समय देशका विभिन्न प्राविधिक विद्यालयमा अध्ययनरत छात्राहरू यौन हिंसाका सिकार भएको भन्दै प्रशासनको ध्यानाकर्षण गराइएको हो।
केही समयअघि मोरङको लेटाङ नगरपालिका, चितवनको माडी नगरपालिकालगायत देशभर छात्राहरूमाथि यौन हिंसा भयो। त्यस्तै विद्यालयमा पनि किशोरी सुरक्षित छैनन्।
यसैबीच शिक्षालयका छात्राहरूमा हुने यौन हिंसा न्यूनीकरण गर्न माग गर्दै अखिल (क्रान्तिकारी)को छात्रा विभागद्वारा जिल्ला प्रशासन कार्यालय जुम्लालाई ध्यानाकर्षण गराइएको छ।
छात्रा विभागकी प्रमुखलाई सावित्री अधिकारीले प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंलाई ध्यानाकर्षण पत्र बुझाइएको हो।
उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ, 'पछिल्लो समय देशभर शिक्षालयमा छात्राहरू विभिन्न खाले हिंसाका सिकार भइरहेका छन्। त्यसमध्ये यौनहिंसा प्रमुख रहेको छ। छात्राहरू शिक्षालयमा नै असुरक्षित भइरहेका छन्।'
सरकारले चालेको अपर्याप्त र सुस्त कदमप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ। नेपालमा यससम्बन्धी कडा कानुन नहुनु र भएको कानुन पनि सही तरिकाले कार्यान्वयन नहुनु प्रमुख समस्या रहेको छ। छात्राहरूमा हुने हिंसा न्यूनीकरणमा प्रहरी प्रशासनको विशेष ध्यान जावस्।
आपराधिक क्रियाकलाप हुन नदिनका लागि ठोस योजना बनाइ स्थानीय तहदेखि तीनै तहमा ठोस नीति बनाउनु पर्ने र अपराधीहरूमाथि कडाभन्दा कडा कारबाहीको माग गर्न ध्यानाकर्षण गराइएको छ। दिलमाया शाही