स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ जनाले मत हाल्न पाउने

File photo
File photo

आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख बढी मतदाता हुने भएका छन्। 

निर्वाचन आयोगका अनुसार वैशाख ३० को निर्वाचनका लागि आज बसेको आयोगको बैठकले अन्तिम नामावली टुंगो लगाएको हो। जस अनुसार १ करोड ७७ लाख  ३३ हजार ७ सय २३ जना मतदाता आगमी निर्वाचनमा सहभागी हुन पाउने भएका हुन्।

जसमा ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने महिला मतदाताको संख्या ८७ लाख ४१ हजार ५ सय ३० जना रहेको छ। त्यस्तै अन्यमा १८३ जना मतदाता छन्। 

सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना छन् भने सबैभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता रहेको आयोगले जनाएको छ।

प्रकाशित मिति: : 2022-03-27 18:55:00

प्रतिकृया दिनुहोस्