कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

File Photo
File Photo

सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रबार) दिउँसाे बस्दैछ।

दिउँसाे २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक स्थानीय तहकाे निर्वाचनमा केन्द्रित हुनेछ। बैठकमा गठबन्धन, उम्मेदवारको मापदण्ड र प्रारम्भिक समीक्षा लगायतमा छलफल हुने नेताहरुले बताएका छन्।

कांग्रेसले २९ फागुनदेखि थालेकाे घरदैलाे अभियान २९ चैतमा सकिँदैछ। हालसम्मकाे प्रारम्भिक समीक्षा पनि हुनेछ।

सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई स्थानीय चुनाव घोषणा पत्र निर्माण समिति संयोजक तोकिसकेका छन्।

प्रकाशित मिति: : 2022-03-25 07:45:00

प्रतिकृया दिनुहोस्