हाेलीमा माैसमकाे पूर्वानुमान कस्ताे छ ?

आज बिहीबारदेखि फागु पूर्णिमा अर्थात् हाेली पर्व सुरु भएकाे छ। आज काठमाडाैं उपत्यकासहित पहाडी क्षेत्र र शुक्रबार तराईमा हाेली पर्व मनाइन्छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार याे वर्ष हाेलीमा माैसम सामान्य रहेकाे छ। बुधबार साँझ स्थानीय वायुका कारण उपत्यका वर्षा भए पनि आज भने माैसम सफा नै रहने आँकलन गरिएकाे छ।

हाल बिहार तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

शुक्रबार दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएकाे छ।

प्रकाशित मिति: : 2022-03-17 07:11:00

प्रतिकृया दिनुहोस्