केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने प्रचण्डको दाबी (भिडियाे)

Break n Links
Break n Links

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने बताएका छन्।

उनले आफूले मात्र नभई धेरै मानिसहरुले केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने संकेत गरेको उल्लेख गरे।

‘मलाई के लाग्छ भने यो सरकार जुनरुपमा र जसरी बन्यो सुरुमै मैले अनुमान गरिसकेको थिएँ। सरकार धेरै समय जाँदैन भन्ने लागेको थियो। अहिलेको घटनाक्रमहरुले करिब-करिब त्यस्तै संकेत गरेको छ। हुनसक्छ केही समयपछि नयाँ राजनीतिक वातावरण बन्नसक्छ र धेरैको आंकलन पनि त्यही छ,’ उनले भने। तर, माओवादी केन्द्र सरकार परिवर्तन गर्नेतर्फ नजाने पनि स्पष्ट पारे।

संगठन बनाउन र जनतामा जानेतिर पार्टी सक्रिय भएको उनको भनाइ छ। ‘सरकार परिवर्तन गर्नेतर्फ माओवादी केन्द्र सक्रिय भएर लाग्दैन। जनतामा जानेतर्फ, संगठन बनाउनेतर्फ र जनतातिर फर्किनेतर्फ नै पार्टीले उच्च प्राथमिकतामा राख्नेछ। मैले भनेको छु यो सरकार गलत तरिकाले, बडो अप्राकृतिक, अपारदर्शी र अनैतिकरुपमा बनेकाले आफैँ ढल्छ भने लाग्छ। हामीले धेरै मेहेनत गर्नुपर्छ भन्ने नै लाग्दैन,’ अध्यक्ष प्रचण्डले भने।

बेइमानीपूर्वक आफ्नो सरकार ढालेर पहिलो र दोस्रो दल मिलेर सरकार बनाइएको टिप्पणी गर्दै आएका अध्यक्ष दाहालले यसअघि गठबन्धनमार्फत चुनाव लड्दा माओवादीको अस्तित्व नै हराउने देखिएकाले अब एक्लै चुनाव लड्ने गरी तयारी गरिरहेको बताउँदै आएका छन्।

उनले विपक्षी दलहरुको मोर्चालाई बलियो पार्ने रणनीति लिएको प्रतिक्रिया दिँदै आएका छन्।

भिडियाे :

प्रकाशित मिति: : 2024-10-16 13:53:00

प्रतिकृया दिनुहोस्