‘विवादास्पद व्यापारी’बाट घुस लिएको भन्दै ओलीविरुद्ध अख्तियारमा उजुरी

Break n Links
Break n Links

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

विवादास्पद व्यापारी मिनबहादुर गुरुङसँग साँठगाँठ गरेर घुस लिएको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध  युवराज सफलले बिहीबार अख्तियारमा उजुरी दिएका हुन्।

उनले विवादास्पद व्यापारी, सरकारी जग्गा हिनामिना एवम् जालसाझी मुद्धामासमेत दोषी ठहर भएका भाटभटेनी सुपर मार्केट प्रा.लि.का अध्यक्ष मिनबहादुर गुरुङबाट २५ गते नेकपा एमालेको केन्द्रीय कार्यालय निर्माण गर्नका लागि कुल १० रोपनी १४ आना जग्गा उपलब्ध गराएको उल्लेख गरेका छन्। 

सफलले सो कार्यमा प्रधानमन्त्री ओलीसमेत सरिक भएको भनी विभिन्न संचारमाध्यमहरुबाट स-प्रमाण सम्प्रेषण भएका समाचारहरुप्रति आफ्नाे गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

भ्रष्टाचार निवारण ऐनविपरित प्रधानमन्त्रीले आफ्नो दलको पार्टी कार्यालय बनाउन जग्गा जमिन र सो पार्टी कार्यालय निर्माण गर्नसमेत विवादास्पद व्यापारी गुरुङलाई जिम्मा दिएको तथा सो पार्टी कार्यालय शिलान्यास गराउँदा देशको प्रधानमन्त्रीकोसमेत उपस्थिति देखिएको उनले उल्लेख गरेका छन्।

सफलले प्रधानमन्त्रीले विवादास्पद व्यक्तिबाट करोडौँ रुपैयाँको जग्गा घुसबापत लिएकाे र करोडौँ खर्च गरी पार्टी कार्यालयसमेत बनाउन लगाएकाे आराेप लगाएका छन्।

साथै उनले त्यसरी आफ्नो व्यवसायगत एवम् व्यक्तिगत फाइदा एवम् लाभ लिने, आफ्ना मुद्दाहरू खारेज गर्ने नियतका साथ करोडौँ रुपैयाँ बराबरको जग्गा घुस दिने भाटभटेनीका सञ्चालक गुरुङ र प्रधानमन्त्री ओलीलाई भ्रष्टाचार निवारण ऐन २०५९ (संशोधन सहित) बमोजिम तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेका छन्।

प्रकाशित मिति: : 2024-10-17 10:53:00

प्रतिकृया दिनुहोस्