कैलालीमा नदीमा डुबेर बालिकाको मृत्यु

कैलालीकाे  गोदावरी नदीमा डुबेर एक बालिकाको ज्यान गएको छ। गोदावरी नगरपालिकास्थित गोदावरी नदीमा नुहाउने क्रममा डुबेर गोदावरी नगरपालिका–२ की १५ वर्षीया बालिका खेमा खड्काको मृत्यु हो।

साथीहरूसँग नुहाउन गएका बेला बालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ। बालिकाको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: : 2022-03-09 18:48:00

प्रतिकृया दिनुहोस्