वैदेशिक रोजगारिको शिलशिलामा ९ वर्ष अघि मलेसिया गएका धनकुटा नगरपालिका वडा नं. २ लामीघरका ३७ वर्षीय हर्कबहादुर राई अहिलेसम्म परिवारको सम्पर्कमा नआएको भन्दै परिवारले खोजी गरिदिन सरकार सक्षम अनुरोध गरेका छन्।
परिवारसँग सम्पर्क नभएपछि उनका आमा सुचिम्मा राई र १० वर्षीय नातिनी युनिषा राईलाई साथमा लिएर छोराको खोजीमा पहल गरिदिन भन्दै सदरमुकामस्थित पत्रकार महासंघको कार्यलय आइपुगेकी छिन्।
सुचिम्माका अनुसार मलेसिया पुगेको डेढ वर्षसम्म हर्कवहादुर परिवारसँग सम्पर्कमा थिए। त्यस यता सम्पर्क भएको छैन्। हर्कबहादुरका दुई छोरा र एक छोरी छिन्।
उनीहरुको भरण पोषण उनका बाजे गंगाबहादुर राई र बज्यै सुचिम्मा राईले गर्दै आइरहेका छन्। युनिषा ३ वर्षको हुँदा उनकी आमा निशा राईले आत्महत्या गरेकी थिइन्।