युक्रेनका जनता र त्यहाँको सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति आ-आफ्नाे समर्थन जाहेर गर्दै नेपालस्थित कुतनैतिक नियोगका प्रमुखहरूले शान्तिको कामना गर्दै वौद्धनाथमा भेला भएर दीप प्रज्वलन गरेका छन।
रुसद्वारा युक्रेनमाथिको अव्यावहारिक, अनुचित र अनैतिक आक्रमणको विरोधमा विहीबार बौद्धनाथ स्तूपमा अमेरिकी राजदूत र्यावन्डी बेरीसहित युक्रेनका लागि अवैतनिक महावाणिज्यदूत किरण वैद्य र नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुखहरू थिए।
भेलामा स्विट्जरल्याण्ड, फिनल्याण्ड, संयुक्त राज्य अमेरिका, बेलायत, दक्षिण कोरिया, युरोपेली संघ, इजरायल, अष्ट्रेलिया, जापान, नर्वे, जर्मनीका राजदूतलगायत नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा अन्तर्राष्ट्रिय श्रम संगठनका निर्देशक तथा संयुक्त राष्ट्र संघका कार्यवाहक आवासीय संयोजक डा. र न्युजिल्यान्ड, लाटभिया र युक्रेनका मानार्थ कन्सुलहरू कार्यक्रममा उपस्थित भएका थिए।
रुसद्वारा युक्रेनमा आक्रमणको एक हप्तामा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा उनिहरुले मैनबत्ती बालेर मौनधारण गरेका थिए। कार्यक्रममा युक्रेनी राष्ट्रगान, ‘युक्रेन अझै नष्ट भएको छैन’ बजाइएको थियो। भने, विभिन्न राजदूतहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विगत सात दिनमा गरेका विद्रोही भाषणका अंशहरू पढेर सुनाएका थिए।