करापुटारको ईशानेश्वर महादेव मन्दिरमा १ सय ८ धारा निर्माण

मध्यनेपाल नगरपालिका- ७ करापुटारस्थित ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेलालाई मध्यनजर गर्दै १ सय ८ धारा निर्माण गरिएको छ।

मन्दिर परिसरमा १ सय ८ वटा ढुंगाको धारा निर्माण गरिएको ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले जनाएको छ। समितिका अध्यक्ष रामचन्द्र घिमिरेका अनुसार यसै बर्षको शिवरात्रीदेखि धारा संचालनमा आएको हो।

 मध्यनेपाल नगरपालिका र स्थानीयबासीको सहयोगमा धारा निर्माण भएको हो। धाराका लागि स्थानीयले ५० हजार देखि १ लाख ११ हजार १ सय ११ रुपियाँसम्म सहयोग गरेका छन्। १ सय ८ जनाले आफ्नो र परिवारको नाममा धारा निर्माण गरेका छन्।

शिलालेखमा एकल नाम राख्नेले ५० हजार, श्रीमानश्रीमतिको नाम राख्न चाहनेले ७५ हजार रुपियाँ र परिवारको नाम शिलालेखमा राख्न चाहनेले  १ लाख ११ हजार १ सय ११ रुपियाँ सहयोग गरेका छन्। आधा रकम उठ्न बाँकी रहेको समितिले जनाएको छ। उक्त रकमबाट भक्तपुरबाट ढुंगा ल्याएर धारा निर्माण, जग्गा खरिद, मन्दिर व्यवस्थापनको काम गरिएको छ। 

प्रकाशित मिति: : 2022-03-03 21:38:00

प्रतिकृया दिनुहोस्