पर्यटकीय सहर पोखराबाट धनगढी सीधा उडान सुरु भएको छ। बुद्ध एयरले बुधबारदेखि उडान सुरु गरेको हो।
नेपाल टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको पहलमा सीधा उडान सुरु गरिएको हो। योसँगै पोखराबाट प्रदेश १ र कर्णालीबाहेक सबै प्रदेशमा सीधा हवाई कनेक्सन जोडिएको छ। धनगढीमा साताको हरेक आइतबार, बुधबार र शुक्रबार उडान हुने छ।
बिहान ११ स् ४० मा पोखराबाट धनगढी उड्ने जहाज धनगढीबाट १२ः५० मा फर्किनेछ। ५५ मिनेट उडानका लागि ६ हजार नौ सयदेखि १२ हजार दुई सयसम्म भाडा तोकिएको छ।
बुधबार नाट्टाको टोली पर्यटन प्रवद्र्धन भ्रमणका लागि धनगढीतर्फ लागेको छ। शुक्रबार सुदुरपश्चिमका तीन जना मन्त्रीसहित टोली पोखरा आउने नाट्टाका अध्यक्ष सन्जयकान्त सिग्देलले जानकारी दिए। नाट्टाकै समन्वयमा यसअघि मधेश प्रदेशका मुख्यमन्त्री डा। लालबाबु राउतको टोली पोखरा भ्रमणमा आएको थियो।
केही समयपछि नै भद्रपुर र विराटनगरमा पनि हवाई उडानको तयारी छ। यसअघि मधेश प्रदेशको सिमरा, बागमतीको राजधानी काठमाडौंसहित भरतपुर, लुम्बिनीको भैरहवा र नेपालगन्जमा पोखराबाट सीधा उडान हुँदै आएको छ। बुद्ध एयरले पोखरालाई केन्द्र बनाएर नजिकका सहरमा उडान भर्दै आएको छ।