संसदबाट अनुमोदन भएको एमसीसीलाई अमेरिकाले गर्‍याे नोट

File Photo
File Photo

नेपालको संसदले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गरेको विषयलाई अमेरिकाले नोट गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनि ब्लिन्केनबीच मंगलबार साँझ भएको टेलिफोन वार्तामा अमेरिकाले एमसीसीबारे नोट गरेको हो।

टेलिफोन वार्तामा विदेशमन्त्री ब्लिन्केनले एमसीसीसँग नेपालको अघि बढ्ने निर्णयले नेपालमा रोजगारी, पूर्वाधार र नेपाली जनताको जनजीवनमा सुधार ल्याउने विश्वास व्यक्त गरेको अमेरिकी विदेश मन्त्रालयलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सो अवसरमा विदेशमन्त्री ब्लिन्केनले नेपाल र अमेरिकबीच कूटनीतिक सम्बन्ध कायम भएको ७५ वर्ष पुगेको स्मरण गरेका थिए।

दुई देशका नेताबीच युक्रेन संकटलगायतका विषयमा छलफल भएको थियो। विदेशमन्त्री ब्लिन्केनले युक्रेनमा रुसले अकारण, अनुचित र नियोजित हमला गरेको बताएका थिए।

प्रकाशित मिति: : 2022-03-02 11:28:00

प्रतिकृया दिनुहोस्