मुगुकी धनलक्ष्मीले जन्माइन् आकाशमै छोरा

Photo-NK
Photo-NK

नेपाली सेनाको हेलिकाेप्टरमा मुगुकी एक महिलाले शिशुलाई जन्म दिएकी छन्।

खत्याड गाउँपालिका-४ की २० बर्षीया धनलक्ष्मी रावलले उद्धार गर्न पुगेकाे हेलिकाेप्टरभित्रै  शिशुलाई जन्म दिएकी हुन्।

मुगुदेखि सुर्खेतसम्मको ४० मिनेटको आकाशको यात्रामा हेलिकप्टरमा चढेको ३० मिनेटपछि उनले छोरा जन्माएकी हुन्।

कर्णालीलगायत दुर्गम क्षेत्रका धेरै गर्भवती महिलाको सुत्केरी हुने क्रममा अकालमै मृत्यु हुने गरेको थियो। यही कारण सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुर्गमका सुत्केरीलाई उद्धार गर्ने कार्यविधि बनेको छ।

जसमार्फत मंगलबार  मुगुबाट सुर्खेत लैजाँदै गरेकी महिलाले हेलिकाेप्टरभित्रै शिशुको जन्म दिएको नेपाली सेनाका मेजर बिलिना मल्लले बताइन्।

आमा र शिशुलाई प्रदेश अस्पताल लगिएकाे छ। सेना दिवसको अवसरमा त्यो मानवीय उद्धार नमूना सेवा भएको नेपाली सेनाले जनाएको छ। 

प्रकाशित मिति: : 2022-03-01 14:38:00

प्रतिकृया दिनुहोस्