नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा एक सय ८० जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट एक जनाको ज्यान गएको छ।
यस्तै, चार सय जना कोभिडमुक्त भएका छन्। मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा एक लाख ४१ हजार एक सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने आठ हजार दुई सय ३५ जना सक्रिय संक्रमित रहेका छन्।