बाँकेमा चितुवाको छालासहित ३ जना पक्राउ

बाँकेमा दुर्लभ वन्यजन्तु चितुवाको छालासहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका ५ बस्ने बर्ष २८ का याम बहादुर बिश्वकर्मा, बर्दिया मधुवन नरपालिका ४ बस्ने बर्ष ३० का आकाश परियार र वडा नं.९ बस्ने बस्ने बर्ष ५४ का लाल बहादुर बिक रहेका छन्। 

उनीहरूको साथबाट प्रहरीले एक थान चितुवाको छाला बराद गरेको छ। छाला ल्याइरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय कोहोलपुरले उनीहरूलाई आईतवार दिउँसो पौने ४ बजे बैजनाथ गाउँपालिका वडा नं.५ गायत्री टोलबाट पक्राउ गरेको हो।

पक्राउ परेका माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसूधन न्यौपानेले जानकारी दिए।
 

प्रकाशित मिति: : 2022-02-27 18:28:00

प्रतिकृया दिनुहोस्