भारतबाट नेपाल फर्किदै गरेका प्युठानका एक व्यक्ति सम्पर्कविहीन भएका छन्।
भारतकाे लाजपतनगरबाट नेपाल फर्किदै गरेका स्वर्गद्वारी नगरपालिका– १ काेचिवाङका दिलबहादुर सुनार चार दिनदेखि सम्पर्कविहीन भएका हुन्।
गत मंगलबार घर फर्किनकाे लागि लाजपतनगरबाट हिँडेका सुनार सम्पर्कमा नआएपछि उनकाे परिवारले खाेजी कार्यकाे लागि अनुराेध गरिरहेकाे छ।
उनका छाेरा सुरज संगम सुनारले बुबाकाे खाेजी गरी भेटिएमा प्रहरी वा आफूलाई सम्पर्क गरिदिन आग्रह गरेका छन्। बुबालाई कतै देखेमा सम्पर्क नम्बर ९८५७८६०६६० मा फाेन गर्न उनकाे आग्रह छ।