महोत्तरीमा भेटिएकाे शंकास्पद वस्तु टाइम बम, सेनाद्वारा निष्कृय 

महोत्तरीमा फेला परेको शंकास्पद वस्तु टाइम बम भएको पुष्टि भएको छ।

टाइम बम भएको पुष्टि गर्दै नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ।

अहिले यहाँको जनजीवन सामान्य बनेको नगर प्रमुख हरि मण्डलले जानकारी दिए।

प्रहरीले उक्त बमको बिषयमा अनुसन्धान अगाडि बढाएको छ। नगरपालिका कार्यालय नजिकै राखिएको बमको बिषयमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

बिहान करिब १० बजे झोलाभित्र प्रेसर कुकर र तार फेला परेपछि स्थानीयले प्रहरीलाइ खवर गरेका थिए। 

प्रकाशित मिति: : 2022-02-26 14:51:00

प्रतिकृया दिनुहोस्