मोरङको लेटाङ नगरपालिकाकी ११ वर्षीया करुणा राई मृत अवस्थामा फेला परेपछि विद्यार्थीहरू र स्थानीयले विरोध प्रदर्शन गरेका छन्।
स्थानीय लालझोडा सामुदायिक वनको जंगलमा खाल्डो खनेर गाडिएको अवस्थामा करुणाको शव शुक्रबार बिहान भेटिएपछि हत्यारालाई पक्राउ गरी कडा कारवाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।
विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी राईको शव खाल्डोभित्र नग्न अवस्थामा उनको शव भेटिएको हो। बलात्कारपछि हत्या गरेर उनको शव गाडिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।