एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नीप्रसाद सापकोटालाई हटाउन माग गरेका छन्।
बिहिबार बालुवाटारमा बसेको बेठकमा उनले प्रभानमन्त्री शेरबहादुर देउवासमक्ष सो माग गरेका हुन्।
सभामुख हटाउने ओलीको निर्णयमा देउवाले सहमति जनाएसँगै एमसीसी अनुमोदनका लागि ओली तयार भएको स्रोतको दाबी छ।
आज दिउँसो संसद भवनमा छलफल गरेका उनीहरु पुन बैठकमा बसेका हुन्।
बैठकमा देउवाले ओलीसमक्ष एमसीसी पक्षमा उभिन आग्रह गरेका थिए। जसका लागि उनले एमालेको सबै माग पूरा गर्ने बताएका थिए।