दाङ तुलसीपुर उपमहानरपालिका ७- पर्सेनीको एक पसलमा आगलागी भएको छ। पर्सेनी चोकमा पसल सञ्चालन गर्दै आएका सुमित्रा वलीको (रिमा किराना पसल) मा बिहीबार बिहान सवा ३ बजे आगलागी भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए।
विद्युतको तार सर्ट भएर पसलमा आगलागी भएको प्रहरीको प्रारम्भीक अनुमान छ। विहान सवा ३ बजेदेखि सुरु भएको आगो स्थानीयवासी, प्रहरी र तुलसीपुर उपमहानगरको दमकलले करिब ४ बजे नियन्त्रण लिएको तुलसीपुर ७ का वडा सदस्य रामबहादुर जिसीले जानकारी बताए। आगलागीबाट करिब १८ लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ।
आगलाीबाट किरानाका सामान, नगद, केहि मत्वपूर्ण कागजातसमेत जलेको छ। गत माघ २८ गते तुलसीपुर बजारको एक पसलमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको थियो।