आफ्नै घरको पहिलो तलाबाट खसेर एकको मृत्यु

file photo
file photo

भक्तपुरको सल्लाघारी यातायात कार्यालय नजिक बस्ने ७८ वर्षीय दिपककुमार भुसालको आफ्नै घरको पहिलो तलाबाट खसेर मृत्यु भएको छ।

सोमबार बिहान अचानक खस्न गई गम्भीर घाइते भई उपचारका लागि डा.ईवामुरा अस्पताल सल्लाघारी लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।   

प्रकाशित मिति: : 2022-02-21 14:32:00

प्रतिकृया दिनुहोस्