धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त

File Photo
File Photo

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट समितिले कृष्णराज पोखरेल, डाक्टर गोपाल भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेको थियो। तीन जनामध्येबाट सरकारले हमाललाई अध्यक्षमा नियुक्त गरेको हो। 

प्रकाशित मिति: : 2022-02-17 17:50:00

प्रतिकृया दिनुहोस्