नेपाल प्रहरीमा तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप भएको छ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो।
प्रहरी प्रधान कार्यालयले गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) का आधारमा सरकारले तीन जना एआईजीको दरबन्दी थप गरेको हो।
तीन एआईजी थप भएसँगै प्रहरीमा एआईजीको संख्या ८ पुगेको छ।
तीन एआईजीका लागि डीआईजीहरू धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, रविन्द्र धानुक, बसन्त लामा, दिवेश लोहनी, ईश्वरबाबु कार्की, बसन्त पन्त, घनश्याम अर्याल र गणेशबहादुर ऐर दौडमा छन्।