दाङको राप्ती गाउँपालिका– १ पाखापानीमा मंगलबार बिहान टिपरको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ४० वर्षीया डिला पौडेल रहेकी छिन्।
रा १ ख १२ ८६ नम्बरको टिपरले साइकलयात्री पौडेललाई मंगलबार बिहान साढे ६ ठक्कर दिएको थियो।
टिपर चालक फरार रहरकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय भालुबाङ दाङले जानकारी दिएको छ।