रात्रिकालीन व्यवसाय खाेल्न पाइने
काेराेना संक्रमणकाे जाेखिम बढेकाे भन्दै बन्द गरिएका शैक्षिक संस्थाहरू आजबाट खुल्ने भएका छन्। आजदेखि अधिकांश शैक्षिक संस्थामा भौतिक रूपमै विद्यालय तथा कलेजमै पठनपाठन सुरू हुन लागेको हो।
सरकारकाे सुझाव अनुसार माघ पहिलाे सातादेखि एक महिनाकाे लागि विद्यालय तथा कलेजहरूमा भाैतिक रूपमा पठनपाठन गर्न बन्द गरिएकाे थियाे।
त्यस्तै कोभिड–१९ स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी आजबाट खुल्न लागेका छन्।
सिसिएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टरलगायत शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी फागुन १ गतेदेखि सञ्चालन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्राललाई गत साताअघि सिफारिस गरेको थियो।