नेपाल राष्ट्रिय व्यवसाय उद्योग महासंघ मिक्लाजुङको अध्यक्षमा दाहाल

नेकपा एमाले सम्बद्ध व्यवसायीहरुको जनवर्गिय संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ मिक्लाजुङ गाउँ कमिटी गठन भएको छ। 

शुक्रबार नेकपा एमाले मिक्लाजुङ गाउँ कमिटी मोरङको आयोजनामा एमाले पार्टी कार्यालयमा भएको भेलाले सर्वसम्मत रुपमा डिल्ली प्रसाद दाहालको अध्यक्षतामा ६५ सदस्यीय गाउँ कमिटी चयन गरेको हो।

समितिको उपाध्यक्ष, सचिव, उपसचिव, कोषध्यक्ष, सहकोषध्यक्षमा क्रमश रेखा चौधरी, अभिशेक दाहाल, होमेन्द्र  दाहाल, खुष्मा भट्टराई, प्रमिश नेपाल, मात्रिका निरौला, राजन नेम्वाङ, प्रेम पोख्रेल र अन्य सदस्य गरी ६५ सदश्यीय गाउँ कमिटि गठन भएको नव गठीत कमिटीका सचिव होमेन्द्र  दाहालले बताए। 

नव गठित कार्य समितिका पदाधीकारीहरुलाई पद तथा गोपनीयताको सपथ नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ मोरङ जिल्ला अध्यक्ष डिल्ली ढकालले गराएका थिए।

कमिटी गठन कार्यक्रममा नेकपा एमाले प्रदेश नं. १ कमिटी सदस्य राम कृष्ण राई, नेकपा एमाले मोरङ जिल्ला सदस्यहरु डिल्ली प्रसाद खतिवडा, मेघनाथ घिमीरे, नेकपा एमाले मिक्लाजुङ गाउँपार्टी सचिब नविन कार्की र अन्य मिक्लाजुङका उद्यमी तथा व्यवसायीहरुको उपस्थिती रहेको थियो।

प्रकाशित मिति: : 2022-02-11 20:47:00

प्रतिकृया दिनुहोस्