आजकाे माैसम: बागमती र गण्डकीमा वर्षाकाे सम्भावना

हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। बिहान तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेकाे छ।

दिउँसाे प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

राति प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

शनिबार भने माैसममा सुधार हुने देखिएकाे छ।  देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने आँकलन महाशाखाले गरेकाे छ।

प्रकाशित मिति: : 2022-02-11 08:52:00

प्रतिकृया दिनुहोस्