अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ औ स्थापना दिवसका अवसरमा आयोजना गरेको सन्देशमुलक प्रतियोगितामा तुलसीपुरका वसन्त आचार्यको नारा उत्कृष्ट भएको छ।
प्रतियोगितामा २ सय ५८ वटा नारा समावेश भएकोमा आचार्यको नारा उत्कृष्ट नारा घोषित भएको हो। नारा उत्कृष्ट भएसँगै आयोगले स्थापना दिवसको अवसर पारेर पुरस्कृत समेत गर्ने भएको छ।
आचार्य पत्रकारिता, साहित्य र शिक्षा क्षेत्रमा क्रियाशिल रहेका छन्।